बागमती प्रदेश : सभामुख चयनको लागि आज मनोनयन दर्तादेखि अन्तिम नामावली सार्वजनिक

मकवानपुर । बागमती प्रदेशसभाका सभामुख चयनको लागि आज मनोनयन दर्तादेखि अन्तिम नामावली सार्वजनिक हुने भएको छ । प्रदेशसभा सचिवालयमा आज बिहान १०ः३० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताका समय रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेशसभा सचिवालयका अनुसार, निर्वाचनको लागि आज दिउँसो २ः३० देखि ३ः३० बजेसम्म मनोनयन फिर्ताको समय र अपराह्न ४ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यसूची रहेको छ ।
बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३७ जना, नेकपा एमालेका २७ जना, नेकपा माओवादी केन्द्रका २१ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३ जना, नेकपा एकीकृत समाजवादीका ७ जना, नेपाल मजदुर किसान पार्टीका ३ जना र हाम्रो नेपाली पार्टीका २ जना गरी ११० जना प्रदेशसभाका सदस्यहरु रहेका छन् ।