नेपालगञ्जबाट काठमाडौं उडेको विमान झापामा अवतरण

तु खबर संवाददाता
२०७९ माघ ६,शुक्रबार १०:१७
file-photo

काठमाडौं । शुक्रबार बिहान बाँकेको नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरको विमान झापामा अवतरण भएको छ ।

काठमाडौं विमानस्थलमा भिजिबिलिटी कम भएका कारण श्री एयरको ४४० विमानलाई झापा डाइभर्ट गरिएको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

उनका अनुसार, बिहान ७ बजे नेपालगन्जबाट उडेको श्री एयरको सो विमान ९ बजेर ६ मिनेट माचन्द्रगढीविमानस्थलमा अवतरण गरिएको थियो ।

भिजिबिलिटी क्लियर भएपछि ९ बजेर ४५ मिनेटमा सो विमान झापाबाट काठमाडौंका लागि उडेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए ।