नागरिक उड्डयन प्राधिकरणद्वारा तीन पाइलटलाई कारबाही गर्न निर्देशन
![](https://www.tukhabar.com/wp-content/uploads/2020/09/udhyan-pradhikarn.jpg)
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका तीन जना पाइलटलाई कारबाही गर्न निर्देशन दिएको छ ।
नेपाल एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्ने क्रममा त्यहाँको एटीसीको इन्स्ट्रक्सन नमानेपछि पाइलटलाई निलम्बन गर्न प्राधिकरणले निर्देशन दिएको प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।
प्राधिकरणले पाइलटहरु उद्धव घिमिरे, राजेश कुशवाह र नरबहादुर विश्वकर्मालाई कारबाहीको निर्देशन दिएको हो ।
प्राधिकरणको निर्देशनसँगै निगमले ३ जना पाइलटलाई निलम्बन गर्नुपर्छ । त्यसपछि, प्राधिकरणले ती पाइलटहरुलाई बोलाएर सोधपुछ गरेपछि निलम्बन लम्ब्याउने वा नलम्ब्याउने विषयमा निर्णय हुने उनले बताए ।