बागमती प्रदेशमा मन्त्रालय घटाउन गठित कार्यदलद्वारा प्रतिवेदन पेश

तु खबर संवाददाता
२०७९ माघ १०,मंगलवार १५:४८

मकवानपुर । बागमती प्रदेशमा मन्त्रालयले घटाउन गठित कार्यदलले मंगलबार मुख्यमन्त्री शालिकराम जम्मकट्टेल समक्ष प्रतिवेशन पेश गरेको छ । प्रदेशका प्रमुख सचिव मुकुन्द प्रसाद निरौलाको संयोजकत्वमा रहेको उक्त कार्यदलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मुख्यमन्त्री जम्कटट्टेललाई मन्त्रालय घटाउने प्रतिवेदन पेश गरेको हो ।

गत पुस २६ गते मुख्यमन्त्री शालिकराम जम्मकट्टेले मुख्यमन्त्रीको शपथ लिएकै दिन मन्त्रालय संख्या हेरफेरका लागि कार्यदल गठन गरेका थिए । उक्त कार्यदलले प्रदेशको काम र व्ययभारका आधारमा ९ वा ११ वटा मन्त्रालय कायम गर्न सुझाव दिएको छ ।

उक्त सुझावका आधारमा मन्त्रिपरिषदको मंगलबार साँझ बस्ने बैठकले अन्तिम निर्णय लिने जनाइएको छ । प्रदेशमा यसअघि १४ मन्त्रालय रहेका थिए ।

मुख्यमन्त्री जम्कटटेलले मुख्य सचिव निरौलाको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेका थिए । जसमा आन्तरिक तथा कानुन मन्त्रालयका सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव तथा कानुन र प्रशासन हेर्ने सचिव सदस्य रहेका छन् ।