पुर्व विद्यार्थी समाज हेटौंडा क्याम्पसको अध्यक्षमा अशोक सारु मगर

तु खबर संवाददाता
२०७९ माघ १२,बिहीबार १७:०७

मकवानपुर । हेटौडा क्याम्पस पुर्व विद्यार्थी समाज हेटौंडा क्याम्पसको अध्यक्षमा अशोक सारु मगर चयन भएका छन् । विद्यार्थी समाजको बिहीबार भएको दोस्रो अधिवेशनबाट सारु मगरको संयोगकत्वमा ७ सदस्यी कार्यसमित चयन गरिएको हो ।

यस्तै, समाजका उपाध्यक्षमा रमा चौलागाई, महासचिवमा डि.बि. बर्तोला, कोषाध्यक्षमा सन्तोषी बर्तोला चयन भएका छन् । यसैगरी, सदस्यहरुमा क्रमशः शुलभ अधिकारी, रिपेश दाहाल र प्रकाश अधिकारी रहेका छन् ।

निर्वतमान अध्यक्ष स्वत पदेन रुपमा दोश्रो वरियतामा रहने भएकोले थप ३ जना सदस्य पछि मनोनित गरिने नव निर्वाचित अध्यक्ष सारु मगरले बताए ।