बागमती प्रदेश प्रमुख शर्माले हेटौंडामा जारी व्यापार मेलाको अवलोकन गर्ने

तु खबर संवाददाता
२०७९ माघ १३,शुक्रबार ०९:४०
file-photo

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हेटौंडामा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार मेलाको बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले अवलोकन गर्ने भएका छन् ।

प्रदेश प्रमुख शर्माले शुक्रबार दिउँसो महोत्सवको अवलोकन तथा महोत्सवलाई सम्बोधन गर्ने संघका महासचिव दीपक उप्रेतीले जानकारी दिए ।

मेलामा आज शुक्रबार कमेडियन सुमन कोइराला (दले दाई) र लोकगायक पशुपति शर्मा आउने भएका छन् । त्यस्तै, बाल गायक सुप्रिम मल्ल र आयुसा गौतमको पनि बिजोड प्रस्तुती रहनेछ ।

माघ ११ गतेबाट सुरु भएको मेला माघ २३ गतेसम्म संचालन हुनेछ । मेलामा महोत्सवमा विभिन्न किसिमका वस्तु बिक्री तथा प्रदर्शन, बाल उद्यान, साँस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, हेटौंडा आइडल, हेटौंडा डान्सिङ स्टार, निःशुल्क स्वास्थ्य शिविरहरु रहेका छन् ।