मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपालले लिए सपथ
![](https://www.tukhabar.com/wp-content/uploads/2023/01/sapath-mukhya-nyayadhibakta-scaled-e1675066310385.jpg)
हेटौंडा । बागमती प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपालले प्रदेश प्रमुख यादवचन्द्र शर्माको उपस्थितिमा मुख्य न्यायाधिवक्ताको सपथ लिएका छन् । उच्च अदालत पाटनका मुख्य न्यायाधीश महेश पुडासैनीले मुख्य न्यायधिवक्ता नेपाललाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।
आज सोमबार प्रदेश प्रमुखको कार्यालय बागमतीमा आयोजित सपथ समारोहमा मुख्य न्यायाधीशले नेपाललाई सपथ गराएको बागमती प्रदेश, प्रदेश प्रमुखको कार्यालय हेटौंडाले जनाएको छ । समारोहमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल र अन्य मन्त्रीहरु उपस्थित थिए ।
मुख्यमन्त्री जम्कट्टेलले नेपाललाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।