सन्दीप लामिछानेको मुद्धामा कैफियत प्रतिवेदन माग गर्ने सर्वोच्चको आदेश

तु खबर संवाददाता
२०७९ माघ २०,शुक्रबार १३:५५

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्धामा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको हो ।

एक नावालिकको बलात्कार मुद्धामा जिल्ला अदालतले थुनामा राखी अनुसन्धान गर्न दिएको आदेश उच्चले उल्ट्याइदिएपछि सर्वोच्च अदालतमा परेको पुनरावेदन उपर कैफियत प्रतिवेदन झिकाउने आदेश भएको हो । १० वर्षभन्दाबढी सजाय हुने जघन्य कसूरमा अभियुक्त लामिछानेलाई धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश उपर महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च गएको हो ।