सुनको भाउ घट्यो, प्रतितोला कतिमा कारोबार हुँदै ?

तु खबर संवाददाता
२०७९ फाल्गुन १४,आईतवार १०:५४

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा १ लाख २ हजार रुपैयाँमा कारोबार भएको छ ।

यस्तै, तेजावी सुन तोलामा १ लाख १ हजार ५०० रुपैयाँमा कारोबार हुँदा साताको अन्तिम दिन शुक्रबार छापावाल सुन तोलामा १ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आइतबार चाँदीको मूल्य तोलामा १ हजार २६० रुपैयाँमा कारोबार भएको छ । यसअघि शुक्रबार चाँदी तोलामा १ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो ।