अभिनेता पल शाह रिहा

तु खबर संवाददाता
२०७९ फाल्गुन १५,सोमबार १६:१२
file-photo

काठमाडौं । अभिनेता पल शाह रिहा भएका छन् । शाह उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार रिहा भएका हुन् । शाह तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पुरा गरेर रिहा भएका हुन् ।

नाबालिग बलात्कार आरोप लागेका उनले आइतबार उच्च अदालत पोखराबाट सफाइ पाएका थिए । आइतबार कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्याउन ढिला भएपछि आज कार्यालय खुलेसँगै प्रकिया पुरा गरेका थिए ।

शाहविरुद्ध नाबालिका बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी परेको थियो । तनहुँ र नवलपुर जिल्ला अदालतले बकपत्र गर्दा पीडित १७ वर्षीया नाबालिगले आफूमाथि बलात्कार नभएको भन्दै बयान फेरेकी थिइन् । बलात्कार आरोपमा परेको मुद्दामा शाहलाई जिल्ला अदालत तनहुँले यसअघि नै सफाइ दिइसकेको थियो ।