गृह मन्त्रालयद्वारा सात सह–सचिवको जिम्मेवारी हेरफेर

तु खबर संवाददाता
२०७९ फाल्गुन १६,मंगलवार १६:४८

काठमाडौं । गृह मन्त्रालयअन्तर्गत कार्यरत सात सह–सचिवको जिम्मेवारी हेरफेर भएको छ । जसअनुसार सह–सचिव झलकराम अधिकारीलाई अध्यागमन विभागको महानिर्देशक, सहसचिव फणीन्द्र मणि पोखरेललाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ ।

यसैगरी, आस्मान तामाङलाई आन्तरिक व्यवस्थापन महाशाखा, रुद्रादेबी शर्मालाई नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखामा, नारायण रिसाललाई जिल्ला प्रशासन कार्यालय बर्दियामा सरुवा गरिएको छ ।

यसैगरी, बन्धुराज बास्तोलालाई जिल्ला प्रशासन कार्यालय पाल्पा र पाल्पामा कार्यरत जगन्नाथ पन्तलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । अधिकारी केही दिन अघि मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट गृहमा सरुवा भएर आएका थिए ।