जसपा प्रदेश १ मा संगठन विस्तार

तु खबर संवाददाता
२०७९ फाल्गुन १७,बुधबार १६:०३

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रदेश १ को कार्य समिति विस्तार गरेको छ । आज सम्पन्न जसपा प्रदेश १ समितिको पूर्ण बैठकले दीपक याक्खाको अध्यक्षतामा १२८ सदस्यीय कार्य समिति पुनर्गठन गरेको हो ।

समितिको उपाध्यक्षहरूमा क्रमशः सविता यादव, राजकुमार यादव, हंशा साह, राकेश मेहता, प्रेम वनेम, विनोद नेम्बाङ र दीपेश राई रहेका छन् । त्यस्तै समितिको मुख्यसचिवमा घनश्याम कटुवाल चयन भएका छन् ।

यसैगरी, समितिको सचिवहरूमा घनराज सुब्बा, हस्तशोभा राई, शान्ता घतानी, तेजमाया दुमी, सुब्बालाल मेहता र कोषाध्यक्षमा केशरमान गुरुङ रहेको जसपा प्रचार प्रसार विभागका प्रमुख पूर्णबहादुर बस्नेतले जानकारी दिए ।