नगरपालिकाका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर

तु खबर संवाददाता
२०७९ फाल्गुन १७,बुधबार १८:००
file-photo

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको शम्भुनाथ नगरपालिकाका प्रमुख जितेन्द्रप्रसाद गुप्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

विद्यालय सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग १ लाख ४० हजार रुपैयाँ मागेको पुष्टि भएपछि नगर प्रमुख गुप्ताविरुद्ध मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए । प्रवक्ता दाहालका अनुसार, नगर प्रमुखका साथै इन्जिनियर रामचन्द्र साहविरुद्ध पनि भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरिएको छ ।

गत माघ ३ गते अख्तियारले घुस लिएको अवस्थामा इन्जिनियर साहलाई पक्राउ गरेको थियो । अनुसन्धानको सिलसिलामा मेयर गुप्ता र इन्जिनियर साहको मिलेमतो पुष्टि भएपछि दुबै जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको अख्तियारले जनाएको छ ।