रामचन्द्रलाई जिताउन कांग्रेसले खटायो सबै प्रदेशमा केन्दीय नेता

तु खबर संवाददाता
२०७९ फाल्गुन १८,बिहीबार ११:०८
file-photo

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिका उम्मेदवार पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जिताउन सात वटै प्रदेशमा पार्टीका केन्द्रीय नेता खटाएको छ । यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा पौडेललाई विजयी गराउन कांग्रेसले केन्द्रबाटै पदाधिकारीलाई खटाएको हो ।

बुधबार सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको शीर्ष नेताको बैठकले गठबन्धनको कार्यक्रमलाई नेतृत्व गर्न पदाधिकारीलाई जिम्मेवारी दिइएको थियो । सोही अनुसार कोशी प्रदेशमा महामन्त्री विश्वप्रकाश शर्मा, मधेस प्रदेशमा सहमहामन्त्री फरमुल्लाहा मन्सुरले जिम्मेवारी पाएका छन् ।

यस्तै, बागमती प्रदेशमा महामन्त्री गगन थापा, गण्डकी प्रदेशमा उपसभापति धनराज गुरुङ, लुम्बिनी प्रदेशमा सहमहामन्त्री किशोरसिंह राठोर, कर्णाली प्रदेशमा उपसभापति पूर्णबहादुर खड्का र सुदूरपश्चिम प्रदेशमा सहमहामन्त्री बद्री पाण्डेले जिम्मेवारी पाएका छन् । पदाधिकारीलाई जिम्मेवार लिएका सभापति देउवाले सम्बन्धित प्रदेश सभापति र प्रदेश संसदीय दलको नेतालाई पनि बोधार्थ पठाएका छन् ।