आईतबार शेयरबजारमा गिरावट

तु खबर संवाददाता
२०७९ फाल्गुन २१,आईतवार १५:२८

काठमाडौं । आज साताको पहिलो कारोबार अर्थात आइतबार शेयरबजारमा गिरावट आएको छ । आज नेप्से ३०.७७ अंकले घट्दा १९३८.२५ को विन्दुमा पुगेर रोकिएको छ ।

आज २५९ सूचीकृत कम्पनीको ३८ लाख ३२ हजार ४ सय ५९ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब ३९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस्तै, शेयर बजार ओरालो लाग्दा सबै उपसूचक राताम्मे भएको छ । आज सबैभन्दा धेरै उत्पादन र प्रशोधनका लगानीकर्ताले गुमाए । यो उपसूचकमा ३.०३ प्रतिशतको गिरावट आएको छ ।