स्लो साइकल प्रतियोगितामा ठाकुर प्रथम

मकवानपुर । फागु पूर्णिमाको अवसरमा हिमालयन राईडर्स सोसाइटी हेटौंडाद्वारा आयोजित साइकल स्लो राईडमा बिजेता खेलाडीलाई पुरस्कृत गरिएको छ । सोमबार बिहान हुप्रचौर खेल मैदानमा भएको प्रतियोगितामा राजीप ठाकुर प्रथम, अबिज्ञ गौतम द्वितीय, विकास बानियाँ पुरस्कृत भएका हुन् ।
सबैभन्दा कम उमेरका प्रवेश नेपाललाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो । होली शुभकामना आदानप्रदान गर्ने तथा केहीदिन अघि मेची–महाकाली साइकलयात्रा सफलता पूर्बक सम्पन्न गर्ने कीर्तम गोपाली राजीप ठाकुरलाई सम्मान गरिएको थियो ।
१४ नं गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक अनिल कार्की र हिमालयन राईडर्स सोसाइटीका अध्यक्ष रामकुमार श्रेष्ठले सम्मानीत गरेका थिए । कार्यक्रममा सशस्त्र प्रहरी नायव उपरीक्षक रमेश गुरुङ, सोसाइटीका पदाधिकारीहरु, हेटौंडाका साइकल अभियन्ताहरुको सहभागिता रहेको थियो ।