नेपालमा सिचुवान एयरलाइन्सको हवाईसेवा पुनः सुरु गर्ने
![](https://www.tukhabar.com/wp-content/uploads/2023/03/Sichuan-Airlines-Photo_7xUcDL7WyV.webp)
काठमाडौं । चिनियाँ एयरलाइन्स कम्पनी सिचुवान एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो निर्धारित उडानहरू पुनः सुरु गर्ने भएको छ ।
सिचुवान एयरलाइन्सले आगामी चैत्र ६ गतेदेखि चेङ्दुुबाट साताको ४ उडान गर्ने जनाएको छ । सिचुवानको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट सोमबार, बुधवार, शुक्रबार र आईतबार स्थानीय समय अनुसार १५ः३५ बजे उडान भर्नेछ भने चेङ्दु अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार रात्रिको २१ः०० बजे अवतरण गर्नेछ ।
नेपाली बजारमा अस्ट्रेलिया र जापान भ्रमणका लागि हालको उच्च मागलाई ध्यानमा राख्दै सिचुवान एयरलाइन्सले काठमाडौंदेखि मेलबर्नसम्म एकतर्फी भाडा रु ७९ हजार ९९९ र काठमाडौंदेखि नारितासम्म एकतर्फी भाडा रु ६५ हजार ९९९ तोकेको छ ।
त्यस्तै, उडानमा ४६ केजी चेक–इन लगेज र ७ः केजी ह्यान्ड क्यारी लैजान मिल्ने पनि कम्पनीले जनाएको छ । यो हवाईसेवाको सुरुवातसँगै, मेलवर्नसम्म यात्रा गर्ने यात्रुहरुले अव चेङ्दुमा ४ घण्टा ३० मिनेट ट्रान्जिटमा बसेर यात्रा गर्न सक्नेछन् ।