सूचना नदिने प्रशासकीय अधिकृतलाई जरिवाना
सप्तरी । राष्ट्रिय सूचना आयोगले सूचना उपलब्ध नगराएको आरोपमा सप्तरीकी एक प्रमुख प्रशासकीय अधिकृतलाई जरिवाना गराएको छ ।
आयोगले कञ्चनरुप नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत रेणुका साहलाई कारबाही स्वरुप १५ हजार रुपैयाँ जरिवाना गराएको हो ।
सूचना उपलब्ध गराउन आयोगबाट निर्देशन दिँदासमेत मागकर्तालाई सूचना नदिएपछि कारबाही गर्नु परेको आयोगले जनाएको छ ।
आयोगका अनुसार, सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा (१) बमोजिम साहलाई १५ हजार रुपैयाँ जरिवाना तिराइएको छ ।