राष्ट्रपतिको चियापान आज, देशैभरका सांसद सहभागी हुने
काठमाडौं । राष्ट्रपतिको चियापान कार्यक्रम आज हुने भएको छ । त्यसको लागि राष्ट्रपति रामचन्द्र पौडेलले देशैभरका संघ र प्रदेशका सांसदहरुलाई शीतल निवासमा बोलाएका छ्न ।
उपराष्ट्रपति निर्वाचनमा मत हाल्न आएका प्रदेश सांसदसहित संघीय सांसदहरूलाई राष्ट्रपति पौडेलले बिहान ९ बजे चियापानका लागिका लागि शीतल निवासमा बोलाएका हुन् ।
उपराष्ट्रपति निर्वाचनको मतदानका लागि संघ तथा सातै प्रदेशका सांसदहरू राजधानी काठमाडौंमा छन् । राष्ट्रपतिमा निर्वाचित भए पछि पौडेलले पहिलो पटक सामूहिक रूपमा सांसदहरूलाई भेटघाट गर्न खोजेका हुन् ।