बाजुरा केन्द्रविन्दुर भएर भूकम्पको धक्का महसुस

तु खबर संवाददाता
२०७९ चैत्र १३,सोमबार ०९:४१
file-photo

काठमाडौं । बाजुरा केन्द्रविन्दुर भएर गएराति भूकम्पको धक्का महसुस भएको छ । गएराति १० बजेर २७ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।

भूकम्पको धक्का जिल्ला सदरमुकामका साथै आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । भूकम्पले क्षति पुर्याएको विवरण आउन बाँकी रहेको जनाइएको छ । केही महिनायता बाजुरामा लगातार भूकम्प गइरहेको छ ।

यसअघि बाजुरामा फागुन १० गते ५.२ म्याग्निच्युडको र माघ १० गते ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो । माघ १२ गते पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।