कांग्रेस निकट यातायात मजदुर संघ मकवानपुरको अध्यक्षमा मोक्तान
मकवानपुर । नेपाली कांग्रेस निकट नेपाल यातायात मजदुर संघ मकवानपुरको अध्यक्षमा गोकुल मोक्तान चयन भएका छन् । समितिको आज सम्पन्न दोस्रो अधिवेशनले मोक्तानको नेतृत्वमा १० सदस्यीय कार्यसमिति निर्विरोध चयन गरिएको हो ।
यस्तै, समिति उपाध्यक्षमा नवराज घिमिरे र खडानन्द चौलागाईँ (अगोर) चयन भएका छन् भने सचिवमा ईन्द्र गुरङ चयन भएका छन् । अधिवेशन कांग्रेस मकवानपुरका सचिव भिमसेन महतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस मकवानपुर जिल्ला अध्यक्ष यमबहादुर श्रेष्ठ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सह–कोषाध्यक्ष चेतप्रसाद गौतम (अर्जुन), नेपाल यातायात मजदुर संघ बागमती प्रदेशका प्रमुख सल्लाहकार जगन्नाथ गौतम, अध्यक्ष प्रकाश मगर, कोषाध्यक्ष दिपक कुमार रिमाल, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बागमती प्रदेशका अध्यक्ष शंकर थापा लगायतको सहभागिता रहेको थियो ।