दुई डीआईजीको सरुवा, हेटौंडामा राणा

तु खबर संवाददाता
२०७९ चैत्र १७,शुक्रबार १८:०६

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका दुई जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ ।

सरुवा हुनेमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका उमेशराज जोशी र साइबर ब्युरोमा किरण राणा रहेका छन् ।

मन्त्रालयले जोशीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ र राणा बागमती प्रदेश प्रहरी कार्यालय हेटौडामा सरुवा गरेको जनाएको छ ।