नेपाल चिनाउन माल्टामा ‘नेपाल डे’ मनाउने तयारी

तु खबर संवाददाता
२०७९ चैत्र १८,शनिबार १९:४१

माल्टा । नेपाल चिनाउन माल्टामा ‘ नेपाल डे’ मनाउने तयारी गरिएको छ । नेपाल स्वर्गको एक टुक्राको रुपमा चिनाउन ‘ नेपाल डे’ मनाउने गरी आवश्यक तयारी भएको हो ।

अप्रिल १६ तारिकमा माल्टाको राजधानी भ्यालेटामा कार्यक्रम आयोजना गर्न लागिएको र सो कार्यक्रममा सबैलाई उपस्थित हुन आग्रह गरिएको नेपाल माल्टा च्यारेटी संस्थाका सल्लाहकार उज्जवल केसीले जानकारी दिएका छन् ।

पछिल्लो समय माल्टामा नेपाली समुदायको उपस्थिति बढ्दै गइरहेको र वार्षिक रुपमा माल्टाले देशको जनसंख्याको तुलनामा ५ गुणसम्म पर्यटक भित्र्याइरहेको भन्दै संस्थाले पनि नेपाल डे मनाउन लागेको जनाएको छ ।

माल्टामा रहेका सबै नेपालीलाई सहभागिताका लागि आग्रह गरिएको छ । नेपालको पर्यटना, कला संस्कृतिलगायतका विषयहरुले कार्यक्रममा प्राथमिकता पाउने संस्थाले जनकारी दिएको छ ।

नेपाल र नेपालीको कला र सभ्यता झल्किने गरी नेपाल माल्टा च्यरेटि संस्थाले ‘ नेपाल डे’ मनाउने तयारी थालेको संस्थाका सल्लाहाकार उज्जबल के सीले बताए। सो अवसरको सदुपयोग गर्न  संस्थाका अध्यक्ष प्रकाश भन्डारीले अपिल गरेका छन्।