कांग्रेसले तनहुँ र चितवनको उपनिर्वाचनका लागि दुई महामन्त्री खटायो

तु खबर संवाददाता
२०७९ चैत्र १९,आईतवार १६:५७

काठमाडौं । नेपाली कांग्रेसले आगामी बैशाख १० मा हुने उपनिर्वाचनका लागि दुई महामन्त्रीलाई खटाएको छ । कांग्रेसले महामन्त्री गगन थापालाई तनहुँ– १ र महामन्त्री विश्वप्रकाश शर्मालाई चितवन–२ मा खटाएको हो ।

तनहुँ–१ का कांग्रेस उम्मेदवार गोविन्द भट्टराईको उम्मेदवारी दर्ता गराउन महामन्त्री थापा भोलि तनहुँ जाने भएका छन् । महामन्त्री थापासँग केन्द्रीय सदस्य उमेशजंग रायमाझी पनि तनहुँ जाने छन् ।

यस्तै महामन्त्री शर्मा कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठको उम्मेदवारी दर्ता गराउन चितवन जाने भएका छन् । शर्मासँग सह–महामन्त्री महालक्ष्मी उपाध्याय (डिना) चितवनको उम्मेदवारी कार्यक्रममा सहभागी हुने छन् ।