उप–निर्वाचनका लागि आज मनोनयन दर्ता
![](https://www.tukhabar.com/wp-content/uploads/2020/04/tukhabar-icon.png)
२०७९ चैत्र २०,सोमबार ०८:१३
![](https://www.tukhabar.com/wp-content/uploads/2019/10/nirwachan-aayog-nepal-e1653477926636.jpg)
काठमाडौं । आगामी बैशाख १० मा हुने प्रतिनिधि सभा सदस्यको उप–निर्वाचनका लागि सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार, निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेछन् ।
गत मंसिर ४ गतेको निर्वाचनमा निर्वाचित रवि लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन क्षेत्र नं. २, राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि तनहुँ निर्वाचन क्षेत्र नंं. १ र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि बारा निर्वाचन क्षेत्र नं।२ का लागि उपनिर्वाचन हुन लागेको हो ।
उप–निर्वाचनका लागि शनिबार नै मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ ।