वैदेशिक रोजगार विभागले साढे ३ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा राख्ने

तु खबर संवाददाता
२०७९ चैत्र २१,मंगलवार १६:१३
file-photo

काठमाडौं । वैदेशिक रोजगार विभागले धरौटी बापतको ३ अर्ब ५३ करोड रुपैयाँ निक्षेपको रूपमा पुनः मुद्दतीमा राख्ने भएको छ ।

यसअघि विभिन्न वाणिज्य बैंकहरुमा राखेको पैसा यही चैत ३० गते परिपक्व हुँदै गर्दा विभागले सोही पैसा पुनः निक्षेपको रूपमा बैंकमा राख्ने भएको हो ।

विभागले मंगलबार एक सूचना प्रकाशित गर्दै इच्छुक बैंक तथा वित्तीय संस्थालाई उचित ब्याजदरसहित प्रस्ताव गर्न आह्वान गरेको छ ।

निक्षेप चाहने बैंकले ब्याजदरसहित दरभाउ पत्र फारम भरेर अनलाइनमार्फत चैत्र २७ गते दिनको ३ बजेभित्र दरखास्त दिनुपर्नेछ । निक्षेपको अवधि भने १ वर्षको हुनेछ ।