परराष्ट्र सचिव पौडेल र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता

तु खबर संवाददाता
२०७९ चैत्र २३,बिहीबार १७:०४

कठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्र सचिव भरतरात पौड्याल र चिनियाँ विदेशमन्त्री छिन क्याङबीच भेटवार्ता भएको छ ।

द्विपक्षीय कूटनीतिक संयन्त्रको १५ औं बैठकमा सहभागी हुन बुधबार बेइजिङ पुगे सचिव पौड्याल र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता भएका हुन् ।

चिनियाँ विदेशमन्त्रीसँग भएको भेटमा द्विपक्षी सम्बन्धलाई दृघकालीन हिसाबले थप मजबुत बनाउने र भ्रमणहरूको आदानप्रदान गर्ने तथा विकास, व्यापार, लगानी र पर्यटन क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको बेइजिङस्थित नेपाली दूताबासले जनाएको छ ।

भेटमा चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठ, परराष्ट्र मन्त्रालयका उपसचिव लोकबहादुर थापालगायत दुबै देशका परराष्ट्र मन्त्रालयका विशिष्ट अधिकारहरू सहभागी रहेका थिए ।