जेनिथ विद्यालयले कुक र मन्टेश्वरी तालिम दिने
हेटौंडा । हेटौंडा ५ पिप्लेमा रहेको जेनिथ ईन्टरनेशनल सेकेन्डरी विद्यालयले सिटिईभिटी कार्यक्रम गर्ने भएको छ । विद्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै सिटिईभिटी कार्यक्रमबारे जानकारी गराइएको थियो ।
विद्यालयका प्रिन्सीपल श्री बहादुर कार्कीले विद्यालयले लेवल वानको व्यवसायिक खाना बनाउने र बेकरी सम्बन्धित ७९२ घण्टाको तालिम प्रदान गरिने बताए । त्यस्तै, हेरचाहकर्ता (कियर गिभर) र मन्टेश्वरीको ३९० घण्टाका तालिम प्रदान गरिने बताए । विभिन्न संघ संस्थाले तालिम प्रदान गरेता पनि मकवानपुरमा पहिलो पटक विद्यालयले यी तामिल प्रदान गर्न लागिएको प्रिन्सीपल कार्कीले बताए ।
हरेक विषयगत तालिममा ३०/३० जनाले सहभागिता जनाउन सकिने बताइएको छ । सिटिईभिटी मान्यता प्राप्त हुने भएकाले यी तालिम लिन धेरै आतुर रहेको समेत कार्कीले बताएका छन् । तालिम सशुल्क रहने जनाइएको छ ।
शिक्षा क्षेत्रको विकासमा हाम्रो थप सेवा वा योगदान पुग्ने हिसाबले तालिमको आयोजना गर्न लागिएको उनले बताए । शैक्षिक हवको रुपमा लैजानका लागि विभिन्न स्वरोजगार हुने खालका तालिम प्रदान गर्ने लक्ष्य आफुहरुको रहेको कार्कीले बताए ।
सिटी कलेज अन्तरगत हामीले वाणिज्य संकाय र विज्ञान संकाय अध्यापन गराउँदै आइरहेको बताउँदै थप अंग्रेजी माध्यममा कानुन विषय समेत पठनपाठन सुरु गरिएको प्रिन्सीपल कार्कीले बताए । आगामी दिनहरुमा स्वास्थ्यको ल्याव र एचए विषय पनि पढाउने तयारी रहेको उनले बताए ।
पत्रकार सम्मेलनमा विद्यालयका प्रशासन प्रमुख सुमन्त सिलवाल, कुक प्रशिक्षक जयराम पौडेल, केशव अधिकारी, मन्टेश्वरीका प्रशिक्षक विभूति अधिकारी, हेरचाह प्रशिक्षक आरती खड्का लगायत सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो । पत्रकार सम्मेलन विद्यालयका संस्थापक रमिता पाण्डेको अध्यक्षतामा भएको थियो ।