पर्यटन मन्त्रालयले नेपाल एयरलाइन्सलाई सोध्यो स्पष्टीकरण

तु खबर संवाददाता
२०७९ चैत्र २७,सोमबार १८:२४
file-photo

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमलाई उडान प्रक्रियाका दौरान गरेका लापरबाहीबारे दोस्रो स्पष्टीकरण सोधेको छ ।

पर्यटन मन्त्री सुदन किरातीका अनुसार, यसअघि सोधेको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै मन्त्रालयले निगमलाई दोस्रो स्पष्टीकरण सोध्ने निर्णय गरिएको हो ।

मन्त्रालयले निगमलाई मलेसियाको क्वालालाम्पुरमा चार्टर फ्लाइटबाट निगमलाई आर्थिक भार के कति पर्न गएको हो, स्पष्ट पार्न भनिएको छ ।

नेपाल एयरलाइन्सको हवाइजहाजको दिल्लीमा पाङ्ग्रा बिग्रेको कारण जहाज उडानमा ढिलाइ भएको सम्बन्धमा पाङ्ग्रा लगायत सानातिना पार्टपूर्जाको व्यवस्था निगमको उडान हुने गन्तव्यमा किन राख्न नसकिएको हो र यसबाट आर्थिक भार के कति पर्न गयो भनि मन्त्रालयले स्पष्टीकरण सोधेको छ ।

काठमाडौं–दुवई सेक्टरमा पाइलटको अभावले जहाज उडानमा ढिलाइ भएको जानकारी प्राप्त भएको भन्दै पाइलटको व्यवस्था किन गर्न नसकिएको भनी सोधिएको छ ।