अब फेरि कांग्रेसले सरकारको नेतृत्व लिने देउवाको दाबी

तु खबर संवाददाता
२०७९ चैत्र २८,मंगलवार १५:५२
file-photo

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अब फेरि कांग्रेसले सरकारको नेतृत्व लिने दाबी गरेका छन् । सभापति देउवाले मंगलबार काठमाडौंमा आयोजित पार्टी निकट नेपाल शिक्षक संघको नवौँ संघीय महाधिवेशनमा बोल्दै यस्तो बताएका हुन् ।

कार्यक्रममा उनले अहिले कांग्रेस सरकारमा सहभागी भएको उल्लेख गर्दै अहिले संयुक्त सरकार भएकाले पार्टीले सोचे अनुसार काम गर्न सक्ने अवस्था नभएको पनि स्पष्ट पारे ।

नेपाली कांग्रेसको ठाउँ–ठाउँमा संठगनमा समस्या रहेको र त्यसको समाधान हुन जरुरी रहेको बताउँदै अझै पनि नेपाली कांग्रेस बलियो हुन जरुरी उल्लेख गरे ।

सो अवसरमा सभापति देउवाले शिक्षकहरूको उचित सम्मानका लागि आफ्नो पार्टीले आगामी दिनमा काम गर्ने आश्वासन दिए । विगतमा शिक्षकहरूले पार्टीका लागि सहयोग गरे पनि उनीहरूको हितमा धेरै काम गर्न नसकेको उनको भनाई छ ।