‘एकीकृत समाजवादी प्रदेश सरकारहरूमा सहभागी हुन्छ’

तु खबर संवाददाता
२०७९ चैत्र २८,मंगलवार १६:५४
file-photo

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी प्रदेश सरकारमा सहभागी हुने बताएका छन् । मंगलबार पार्टी निकट प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

अध्यक्ष नेपालले आफूहरू संघीय सरकारमा सत्तारुढ गठबन्धनमा रहेको भन्दै प्रदेश सरकारमा पनि छिट्टै सहभागी हुने बताएका हुन् । उनले राज्यले शिक्षा क्षेत्रलाई धेरै महत्व दिनुपर्नेमा जोड दिए ।

उनले शिक्षकहरूको मर्यादा र जीवनस्तर राम्रो बनाउन विशेष लगानी गर्नुपर्ने बताए । कुनै पनि बालबालिकाहरूलाई विद्यालय बाहिर राख्नु नहुने बताउँदै अध्यक्ष नेपालले सबैले कम्तीमा कक्षा १२ सम्म पढ्न सक्ने वातावरण बनाउनुपर्ने उल्लेख गरे ।