९० वर्षीया वृद्धाको हत्या, छोरा पक्राउ
![](https://www.tukhabar.com/wp-content/uploads/2020/07/hatya-e1620443419903.jpg)
काभ्रे । काभ्रेको पनौती नगरपालिका–११, बल्थलीमा एक जना वृद्धाको हत्या भएको छ । हत्या हुनेमा स्थानीय ९० वर्षकी वृद्धा कान्छी थापा रहेकी छन् ।
उनको धारिलो हतियार प्रहारबाट हत्या भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । प्रहरीका अनुसार, हत्या आरोपमा उनका ५२ वर्षका छोरा विश्व थापा पक्राउ परेका छन् ।
विश्वमा मानसिक समस्या रहेको बुझिन आएको र घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।