कोभिड–१९ संक्रमणबाट थप एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७९ चैत्र २९,बुधबार १७:०६
filr-photo

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै देशमा कोभिडबाट मृत्यु हुने कूल सङ्ख्या १२ हजार २२ पुगेको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, असोज ८ गतेपछि पहिलो पटक मंगलबार कोभिड–१९ का कारण एक जनाको मृत्यु भएको थियो । मंगलबार मृत्यु हुनेमा कोरोना सङ्क्रमित ७८ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिए ।

सङ्क्रमणका कारण मृत्यु भएका पुरुषलाई सुगर, प्रेसर लगायतका स्वास्थ्य समस्या थियो । उनको काठमाडौंमा उपचार भइरहेको थियो ।

मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा देशभर १२१ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ भने थप ८१ जना सङ्क्रमणमुक्त भएका छन् ।

योसँगै पीसीआर विधिबाट देशभर सङ्क्रमितको सङ्ख्या ४४५ पुगेको छ । यही अवधिमा थप ४२ हजार १८० जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।