१३ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस (सूचीसहित)

तु खबर संवाददाता
२०७९ चैत्र २९,बुधबार १७:४३

काठमाडौं । नेपाल प्रहरीका १३ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको बुधबार बसेको बैठकले १३ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

गृह मन्त्रालयलका प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले एक सूचना जारी गर्दै बुधबार बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार १२ जनपद प्रहरी समूहतर्फका प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई सोही समूहतर्फको प्रहरी नायव महानिरीक्षक पदमा बढुवाका लागि गरिएको जानकारी गराएको छ ।

प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप–नियम (४) अनुसार उनीहरुको नाम सिफारिस गरिएको जनाइएको छ ।

हेर्नुहोस् सिफारिस भएको नाम ।