कोरोना संक्रमणबाट महिलाको मृत्यु
धनगढी । कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको हो ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया कोभिड संक्रमित महिलाको आइतबार बिहान साढे ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार, आइसीयूमा उपचाररत उनमा गत चैत्र २६ मा कोरोना पुष्टि भएको थियो । उनी मुटु सम्बन्धी समस्या लिएर २४ गते अस्पताल भर्ना भएकी थिइन् ।