आज सूर्यग्रहण लाग्ने, नेपालबाट नदेखिने

तु खबर संवाददाता
२०८० बैशाख ७,बिहीबार ०८:४७
file-photo

काठमाडौं । वर्षको पहिलो सूर्यग्रहण आज लाग्दैछ । बिहान ७ बजेर ४० मिनेटबाट सुरु भएको ग्रहण दिउँसो १२ बजेर २९ मिनेटसम्म लाग्नेछ ।

समग्रमा, सूर्य ग्रहणको अवधि साढे ५ घण्टा छ । यस पटक कङ्कनकृति सूर्यग्रहण हुनेछ । यो सूर्यग्रहण नेपालमा भने देखिने छैन । नेपालबाट ग्रहण नदेखिने भएकोले सुतक पनि लाग्दैन ।

वर्षको पहिलो ग्रहण कम्बोडिया, चीन, अमेरिका, सिंगापुर, थाइल्याण्ड, अन्टार्कटिका, अस्ट्रेलिया, भियतनाम, ताइवान, पपुवा न्युगिनी, इन्डोनेसिया, फिलिपिन्स, दक्षिण हिन्द महासागर र न्यूजिल्याण्डमा देखिनेछ ।

ग्रहणको समयमा कीर्तन भजन गर्ने र दान गर्नुलाई धार्मिक शास्त्रमा उत्तम मानिन्छ ।