बानियाँको ‘सगरमाथा शीर मेरो’ बोलको गीत सर्वोत्कृष्ट पाँचमा

तु खबर संवाददाता
२०८० बैशाख ९,शनिबार २०:४७

काठमाढौं । गीतकार मीन बानियाँको ‘सगरमाथा शीर मेरो’ बोलको गीत विन्दबासिनी म्युजिक अवार्ड २०७९ मा सर्वोत्कृष्ठ ५ मा नोमिनेशनमा परेको छ । बानियाँको शब्द, नरहरि प्रेमी र इन्दु बानियाँको स्वरमा सजिएको सो गीतलाई प्रेमीले संगीत भरेका हुन् ।राष्ट्रिय भावनाले ओतप्रोत गीतको रुपमा बानियाँको गीत नोमिनेशमा समेटिएको हो ।

दर्जनौ गीतका सर्जक बानियाँ विशेष गरी प्रेम र राष्ट्रिय भावनाले ओतप्रोत भएका गीत लेख्ने गर्दछन् । पछिल्लो समय बानियाँको आकाश पनि सानै लाग्छ बोलको म्युजिक भिडियो सार्वजनिक भएको थियो । नोमिनेशमा परेको उनको ‘सगरमाथा शीर मेरो’ चर्चित राष्ट्रभक्तिले भरिएको गीत हो ।

राष्ट्रिय भावनाले ओतप्रोत गीतहरु नेपालीको मनमा रमेश दाहाल, हाम्रो देशको सिमना अर्जुन कौशल, असारै लाग्यो प्रकाश सुवेदी र नेपाल बोलको महेश दाहालको गीत नोमिनेशनमा परेको छ ।

विन्दबासिनी म्युजिकले २०७९ को लागि विभिन्न क्याटेगोरीमा भएको नोमिनेशनहरु सार्वजनिक गरेको छ ।