प्रतिनिधि सभा सदस्य उप–निर्वाचन : कहाँ कति मत खस्यो ?
मकवानपुर । प्रतिनिधि सभा सदस्य उप–निर्वाचन अन्तरगत आज तीन वटा निर्वाचन क्षेत्रमा मतदान हुँदैछ । आज चितवन–२, बारा–१ र तनहुँ–१ मा मतदान जारी रहेको छ ।
चितवन क्षेत्र नम्बर २ मा भइरहेको उप–निर्वाचनमा बिहान १० बजेसम्म १७ प्रतिशत मतदान भएको छ । सहायक मतदान अधिकृत ईश्वरी आचार्यले बिहान १० बजेसम्म १७ प्रतिशत मतदान भएको जानकारी दिए ।
चितवन २ मा ४३ स्थलका १३८ केन्द्रमा मतदान भइरहेको छ । यहाँ एक लाख २४ हजार छ सय ९५ जना मतदता छन् । ती मध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् ।
यस्तै, बारा –२ मा भइरहेको उप–निर्वाचनमा बिहान १० बजेसम्म १५ प्रतिशत मत खसेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, शान्तिपूर्ण भइरहेको निर्वाचनमा बिहान १० बजेसम्म १५ प्रतिशत मत खसेको हो ।
त्यस्तै, तनहुँ–१ मा बिहान १० बजेसम्म १३.६ प्रतिशत मत खसेको तनहुँ जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
तनहुँ–१ मा ६९ मतदानस्थलमा एक सय ५२ मतदान केन्द्र रहेका छन् । तीनवटा अतिसंवेदनशील र २४ वटा संवेदनशील मतदानस्थल रहेका छन् । निर्वाचनका लागि १५ केन्द्रमा महिलालाई मतदान अधिकृत तोकिएको छ ।