बारा २ मा उपेन्द्र यादवको अग्रता

तु खबर संवाददाता
२०८० बैशाख ११,सोमबार १७:४३
file-photo

बारा । बारा–२ को उप–निर्वाचनको मतगणनामा पुनः जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता लिएका छन् ।

सोमबार दिउँसो सार्वजनिक पछिल्लो मत परिणाम अनुसार, यादवले १ हजार ३९० मत प्राप्त गर्दा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले १ हजार ३०१ मत प्राप्त गरे ।

त्यस्तै, नेकपा एमालेका पुरुषोत्तम पौडेलले ६२९ र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २५९ मत पाएका छन् । मतगणनाको सुरुवातमा जसपाका उपेन्द्र यादवले अग्रता लिएका थिए तर पछि शिवचन्द्रले अग्रता लिएका थिए ।