फ्लाई दुबईका प्रमुख र स्टेसन म्यानेजरको पास रोक्का
![](https://www.tukhabar.com/wp-content/uploads/2023/04/flydubai-airline-e1682394941657.webp)
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार राति उडानका क्रममा समस्या देखिएको फ्लाइ दुबईको जहाजमा चरा ठोक्किएको सूचना सम्प्रेषण गर्ने दुई कर्मचारीको पास रोक्का गरेको छ ।
प्राधिकरणले नेपालस्थित फ्लाइ दुबईका प्रमुख र स्टेसन म्यानेजरको पास रोक्का गरेको हो । कुनै प्रमाण र अध्ययन विना फ्लाइटमा चरा ठोकिएको र समस्या आएको गलत सूचना सम्प्रेषण गरी भ्रम छरेको भनि प्राधिकरणको उनीहरुको पास रोक्का गरेको जनाएको छ ।
सोमबार राति ९ः२० बजेट १६९ यात्रु बोकेर दुबई उड्दै गरेको फ्लाइ दुबईको कलसाइन एफजेड–५७६ विमानमा उडान लगत्तै आगोको मुस्लोसहित अस्वाभाविक आवाज निस्किएको थियो । यसलगत्तै केहीबेर नेपाली आकाशमा नै जहाज होल्ड गरेर स्थिति सामान्य भएपछि विमान दुबई नै प्रस्थान गरेको थियो ।