हेटौंडा उपमहानगरद्वारा एक महिने ग्रार्मेन्ट तालिम
मकवानपुर । हेटौंडा उपमहानगरले गार्मेन्ट उद्योग संचालनका लागि हेटौंडामा १० जनालाई एक महिने तालिम प्रदान गरेको छ । उपमहानगरको आर्थिक सहयोग तथा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ मकवानपुरको आयोजनामा एक महिने तालिम प्रदान गरिएको हो ।
तालिम शुक्रमबार सम्पन्न भएको हो । सिलाई व्यवसायी संघका अध्यक्ष जितेन नेपालीको सभाध्यक्षता तथा उपमहानगर प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यतामा तालिम समापन भएको हो ।
तालिमलाई अनोज परियारले प्रशिक्षण दिएका थिए । तालिममा सर्ट पाइन्ट र ट्राकसुट लगायत तयार पार्ने सीप प्रदान गरिएको थियो ।
गार्मेन्ट संचालनका लागि ७ वटा सिलाई मेशिन, १ वटा इन्टरलक मेशिन लगायत अन्य आवश्यक मेशिनहरु आवश्यक पर्ने सिलाई व्यवसायी संघका निवर्तमान अध्यक्ष मेनका श्रेष्ठले बताइन् ।
गार्मेन्ट संचालनमा ल्याएपछि सर्ट पाइन्ट, ट्रयाक सुट, रेडिमेड तयार पार्ने र बजारका लागि विद्यालय सहित विभिन्न संघसंस्था सँग सहकार्य गरिनुपर्ने जनाइएको छ ।