नवनिर्वाचित सांसद यादवले लिए पद तथा गोपनीयताको शपथ

तु खबर संवाददाता
२०८० बैशाख १९,मंगलवार १६:०२

काठमाडौं । नवनिर्वाचित सांसद उपेन्द्र यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बैशाख १० मा सम्पन्न उप–निर्वाचनमा बारा–२ बाट निर्वाचित भएका यादवलाई मंगलबार सभामुख देवराज घिमिरेले शपथ ग्रहण गराएका हुन् ।

चितवन २ र तनहुँ एकबाट निर्वाचित भएका रवि लामिछाने र स्वर्णिम वाग्लेले भने गत शुक्रबार नै शपथ लिएका थिए । शुक्रबार भएको शपथ ग्रहण समारोहमा अनुपस्थित रहेका कारण यादवलाई आज शपथ ग्रहण गराइएको हो ।