अप्रिल महिनामा झण्डै १ लाख पर्यटक भित्रिए

तु खबर संवाददाता
२०८० बैशाख १९,मंगलवार १८:४८

काठमाडौं । गत अप्रिल महिनामा झण्डै १ लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अप्रिल, २०२३ मा सबै देशबाट गरी कुल ९८ हजार ७७३ पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

यो हवाई मार्ग प्रयोग गरेर आएका पर्यटकहरुको संख्या मात्र हो । यद्यपि, यस्तो संख्या बाई बस (स्थलमार्ग) हुँदै आउनेहरु दोब्बर भन्दा बढी रहेको बोर्डको भनाई छ ।

सो अवधिमा सबैभन्दा बढी इन्डियाबाट ३१ हजार ४३७ जना पर्यटक नेपाल भित्रिएका छन् । यसैगरी, युनाइटेड स्टेड (अमेरिका) बाट ८ हजार ४१३ जना, युनाइटेड स्टेटबाट ५ हजार ४०९ जना र छिमेकी चिनबाट ४ हजार ७७० जना पर्यटक भित्रिएका छन् ।

यस्तै, अष्ट्रेलियाबाट ३ हजार ८२८ जना, जर्मनीबाट ३ हजार २४६ जना, फ्रान्सबाट ३ हजार २११ जना, रुसबाट २ हजार ६७३ जना, बंगलादेशबाट २ हजार २१७ जना र थाइलेण्डबाट २ हजार १०२ जना भित्रिएको बोर्डले जनाएको छ ।

यसअघि मार्च महिनामा ९९ हजार ४२६ जना पर्यटकहरु नेपाल भित्रिएका थिए ।