कोरोना र डेंगु संक्रमणबाट एक युवकको मृत्यु
कैलाली । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारार्थ भर्ना गरिएका कोरोना भाइरस (कोभिड–१९) र डेंगु संक्रमणबाट एक जना युवकको मृत्यु भएको छ ।
अस्पतालको ‘भेन्टिलेटर’ मा उपचाररत बैतडीका ३० वर्षीय युवकको गएराति मृत्यु भएको अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले जानकारी दिए ।
नशासम्बन्धी रोगको उपचार गराउन अस्पतालमा भर्ना गरिएका ती युवकको यही बैशाख १७ गते पिसिआर पद्धतिबाट नमुना परीक्षण गराउँदा कोरोना ‘पोजेटिभ’ देखिएको थियो ।
त्यसको दुई दिनपछि पुनः नमुना जाँच गराउँदा डेंगु संक्रमण समेत पुष्टि भएपछि थप उपचारका लागि उनलाई भेन्टिलेटरमा राखिएको थियो । युवकको अस्पतालमै गत चत्रत २५ गते नशासम्बन्धी समस्याको शल्यक्रिया गरिएको जनाइएको छ ।