हेलिकप्टर दुर्घटना अपडेट : दुई घाइतेलाई काठमाडौँ लगिँदै

तु खबर संवाददाता
२०८० बैशाख २२,शुक्रबार १५:४२

काठमाडौं । संखुवासभामा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेर घाइते भएका दुई जनालाई काठमाडौं लागिएको छ ।

माथिल्लो अरुण हाइड्रो पावरको सामान गोला भन्ने स्थानबाट सिप्रुङमा लैजाँदै गर्दा भोटखोला गाउँपालिका–४ स्थित सिप्रुङमा दुर्घटना हुँदा घाइते भएका दुई जनालाई उपचारको लागि काठमाडौं लगिएको हो ।

दुर्घटनामा परेर क्याप्टेन सुरेन्द्र पौडेल र भविन गुरुङ घाइते भएका हुन् । उनीहरुलाई सोलुखुम्बुबाट आएको सिम्रिक एयर र नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लगिएको हो ।

स्थानीयहरुका अनुसार हेलिकप्टरमा सवार छिरिङ भोटे सकुसल छन् । पंखा पहाडमा टोक्किएर हेलिकप्टर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।