हेलिकोप्टर दुर्घटनामा अपडेट : एक जनाको मृत्यु
![](https://www.tukhabar.com/wp-content/uploads/2018/02/dead.png)
काठमाडौं । संखुवासभामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा परेर घाइते भएका एक जनाको मृत्यु भएको छ ।
हेलिकोप्टर दुर्घटनामा परेर स्थानीय भविन गुरुङ रहेको मृत्यु भएको कोशी प्रहरी प्रदेशका प्रमुख डीआइजी राजेशनाथ बास्तोलाले जानकारी दिए । मृतक गुरुङ हेलिकोप्टरकै कर्मचारी रहेको बताइएको छ ।
संखुवासभाको भोटखोला गाउँपालिकामा सिम्रिक एयरको हेलिकप्टर शुक्रबार दिउँसो दुर्घटनामा परेको थियो । दुर्घटनामा घाइते भएका क्याप्टेन सुरेन्द्र पौडेल, को–पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शंकर लगिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, क्याप्टेन सुरेन्द्र पौडेल, कोपाइलट छिरिङ भोटे, सहयोगी मनोज थापालाई घटनास्थलबाटै उद्धार गरेर काठमाडौं ल्याइएको हो ।
विक्रम शंकरलाई सुरुमा उपचारका लागि जिल्ला अस्पताल संखुवासभामा लगे पनि त्यहाँ उपचार हुन नसकेपछि हेलिकप्टरबाटै काठमाडौं ल्याइएको हो ।