बाबुराम भट्टराईको टिप्पणीः राजनीतिक स्थिरता र ‘भ्यागुताको धार्नी’ उस्तै भयो

तु खबर संवाददाता
२०८० बैशाख २४,आईतवार १६:५४

मकवानपुर । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा राजनीतिक स्थिरताको विषयलाई लिएर टिप्पणी गरेका छन् ।

हेटौंडामा पत्रकारहरुसँग कुराकानी गर्दै नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भट्टराईले नेपालमा राजनीतिक स्थिरता दिन भ्यागुताको धार्नी पुराउन भन्दा कठिन भएको भन्दै टिप्पणी गरे ।

‘कुनै पनि दलको बहुमत आउने अवस्था छैन । त्यसकारण लेनदेन र गठबन्धनबाट सरकार बनाउनुपर्ने अवस्था छ । लेनादेना गर्दा भागबण्डाको कुरा आउँछ । सरकार गठन गर्दा अहिले भ्यागुतालाई जम्मा पारेर धार्नी पुराएजस्तै भएको छ । एउटालाई मनायो अर्को बुरुक्क उफ्रिन्छ ।’

उनले वर्तमान शासकीय स्वरुप र निर्वाचन प्रणालीका कारण राजनीतिक अस्तिरता भएको बताउँदै त्यसलाई परिवर्तन गर्नुपर्ने बताए ।
उनले नेपाल समाजवादी पार्टी बैकल्पिक राजनीतिक शक्ति बन्ने प्रयासमा रहेको बताए ।