थप तीन कम्पनीको शेयर कारोबार रोक्का हुने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले थप तीन कम्पनीको शेयर कारोबार रोक्का गरिदिएको छ । नेप्सेमा सूचीकृत प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्स कम्पनीले भोलि (बैशाख २६) गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएसँगै नेप्सेले यी तीन वटै जीवन बीमा कम्पनीको शेयर कारोबार रोक्का राख्ने भएको हो ।
तीन जीवन बीमा कम्पनीको बैशाख २२ गतेको पत्रानुसार उक्त संगठित संस्थाहरुबीच एकआपसमा गाभ्ने । गाभिने वा मर्जर कार्य सम्पन्न भई बैशाख २६ गतेदेखि ‘हिमालयन लाइफ इन्स्योरेन्स’ लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्ने भएसँगै नेप्सेले उक्त कम्पनीहरुको शेयर कारोबार रोक्का राख्ने भएको हो ।
नेप्सेले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने । गाभिने वा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को दफा ९ (३) बमोजिम उक्त संगठित संस्थाहरुको शेयर कारोबार बैशाख २६ गतेदेखि लागू हुनेगरी रोक्का गर्ने भएको हो ।