यौन दुर्व्यवहार काण्डमा ट्रम्प दोषी ठहर

तु खबर संवाददाता
२०८० बैशाख २७,बुधबार ०८:२८
file-photo

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार काण्डमा दोषी ठहर भएका छन् । न्युयोर्कको एक अदालतले देवानी (सिविल) मुद्दाको सुनुवाई गर्दै यौन दुर्व्यवहारको घटनामा ट्रम्प दोषी पाइएको फैसला सुनाएको हो ।

पूर्वराष्ट्रपति ट्रम्पमाथि एक अखबारकी लेखिका ई.जेन क्यारोलले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । क्यारोलले सन् १९९० मा ट्रम्पले आफूमाथि यौन दुर्व्यवहार गरेको र आफ्नो प्रतिष्ठामा आँच पुर्याएको आरोप लगाएकी थिइन् ।

ट्रम्पले आफूलाई झुटो प्रमाणित गर्न खोजेको र त्यसबाट आफ्नो निकै बदनामी भएको आरोप पनि उनले लगाएकी थिइन् । न्यायालयले उक्त घटनामा ट्रम्पलाई दोषी ठहर गर्दै उनले क्यारोललाई ५० लाख अमेरिकी डलर क्षतिपूर्ति दिनुपर्ने फैसला पनि सुनाएको छ ।