जसपाको विधान अधिवेशन असारमा गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले आगामी असार ९ गतेदेखि विधान अधिवेशन गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले असार ९ गतेदेखि विधान अधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिए ।
यसअघि सो अधिवेशन जेठ १ गतेदेखि काठमाडौँमा तय भएकामा तयारी नपुगेको भन्दै असारलाई सारिएको हो ।
यस्तै, सो बैठकले नागरिकता सम्बन्धी विधेयक अविलम्ब प्रमाणीकरण गरी कार्यान्वयनमा ल्याउन सरकारलाई आग्रह गरेको छ ।
यसैगरी, प्रदेश १ को नामकरण विरूद्ध जारी आन्दोलनमा भइरहेको दमनको विरोध गर्दै जसपाले प्रदेशको पुनः नामकरण गर्न जसपाले माग गरेको छ ।